कास्की जिल्लास्तरिय तेक्वान्दोमा शुक्रराज तेक्वान्दो स्कुल च्याम्पियन

पोखरा स्पोर्टस । कास्की जिल्लास्तरिय तेक्वान्दोमा शुक्रराज तेक्वान्दो स्कुल टिम च्याम्पियन भएको छ ।

कास्की जिल्ला तेक्वान्दो संघको आयोजनामा पोखरामा सम्पन्न प्रतियोगितामा शुक्रराज टिम च्याम्पियन भएको हो । शुक्रराजले ४ स्वर्ण र २ रजत पदकका साथ च्याम्पियन हुँदा अब्सुल्युट डोजाङ ४ स्वर्ण पदक प्राप्त गरी दोश्रो भएको छ भने वर्ल्ड मिसन तेक्वान्दो डोजाङ २ स्वर्ण, १ रजत र ३ कास्य पदकका साथ तेश्रो भएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी पुरुषतर्फ अब्सुुल्युट डोजाङका सुजन गुरुङ घोषित भएका छन् भने महिलातर्फ शुक्रराज बलभद्रकी मोनालिसा मल्ल उत्कृष्ट खेलाडी बन्न सफल भएकी छन् ।

दुई दिन सम्म सञ्चालन भएको प्रतियोगिता अन्तर्गत पुरुषतर्फ ५३ र महिलातर्फ ५९ गरी १ सय १२ जना खेलाडीहरुको सहभागिता रहेको कास्की तेक्वान्दोका अध्यक्ष कुमार गुरुङले पोखरा स्पोर्टसलाई बताए ।

प्रतियोगितामा पुरुषतफै ८ र महिलातर्फ ८ गरी १६ विभिन्न तौलमा प्रतिस्पर्धा भएको थियो ।

बिजेता टिम तथा खेलाडीहरुलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेल, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदार लगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगिता पोखरा महानगर खेलकुद विकास समितिको सहयोगमा मार्शल आर्ट फेष्टिभल अन्तर्गत आयोजना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close