सहाना प्रधान स्मृति महिला हक्कीः नेपाल आर्मी फाइनलमा

केशव पाठक/पोखरा,
नेपाल हक्की संघ द्वारा पोखरामा जारी “सहाना प्रधान स्मृति दोस्रो महिला हक्की प्रतियोगितामा” विभागिय टिम नेपाल आर्मी फाइनलमा प्रवेश गरेको छ ।

पोखरामा जारी प्रतियोगितामा नेपाल आर्मीले सुदुर पश्चिम प्रदेश संग २–० गोलले रोमाञ्चक जित दर्ता गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

सुदुर पश्चिमले आर्मी संगको खेलमा निकै आक्रमक खेल प्रस्तुत गरे पनि दोश्रो हाफको ५१ औं मिनेट पाएको पेनाल्टीका माध्यमले खेलमा पहिलो गोल गर्दै आर्मीले आफ्नो दवदबा कायम राखेको थियो । उक्त गोल सरिता मेचेले गरेकी थिइन ।

त्यस लगतै ५६ औं मिनेटमा खेलमा म्यान अफ दि वोमन समेत भएकी सरिता कुमारी चौधरीले आर्कषक गोल गर्दै आर्मीलाई फाइनलमा स्थान सुरक्षित बनाइन ।

यसै गरि गण्डकी प्रदेश र प्रदेश नं ५ को खेल भने खराब मौसमका कारण खेलको मध्यान्तर पछि स्थगित भएको छ । खेलको मध्यान्तर सम्म प्रदेश नं ५ ले गण्डकी विरुद्ध २ गोल गरिसकेको छ ।

स्थगित भएको खेल पुनः बुधबार खेलाइने आयोजक नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खडकाले बताएका छन । भोली विहान हुने खेल बाट नेपाल आर्मी संग फाइनलमा भेट हुने टिमको टुङ्गो लाग्ने छ । भोली बुधबार नै तेस्रो स्थान र फाइनल खेल पनि हुने उपाध्यक्ष खडकाले जानकारी दिएका छन ।

प्रतियोगतामा विभागिय टोली नेपाल आर्मी सहित प्रदेश नम्बर ५, सुदुरपश्चिम, प्रदेश २, प्रदेश १ र गण्डकी प्रदेश गरि ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता उपाधी विजेताले नगद ५० हजार, उपबिजेताले २५ हजार र तेस्रोले १५ हजार नगद सहित शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछन ।

भारतिय हक्की महासंघ सहयोग
भारतिय हक्की महासंघले खेलाडीका लागि खेल सामाग्री सहयोग गरेको छ । भारितय हक्की महासंघले खेलाडीलाई हक्की स्टिकहरु उपलव्ध गराएको हो । सहभागी सबै प्रदेशका खेलाडीलाई उक्त हक्की स्टिक वितरण गरिएको उपाध्यक्ष खडकाले जानकारी दिए ।

भारतिय हक्की संघले उपलव्ध गराएका ति खेल सामाग्रीहरु नेपाल हक्की संघका अध्यक्ष उमेश लाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अनिल शर्मा, राखेप प्रशिक्षण विभागका प्रमुख अर्जुन विक, उपाध्यक्ष खडका लगाएतले खेलाडीलाई सामाग्री वितरण गर्दै हौसला प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close