यू-१६ इस्ट जोन सेमिफाइनल: नेपालको उत्कृष्ट बलिङ, मलेसिया ९० रनमा अलआउट

पोखरा स्पोर्टस ।  मलेसियाले नेपाललाई ९१ रनको लक्ष्य दिएको छ ।

एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले ४३.१ ओभरमा अल आउट हुदै ९० रन बनाएको हो ।

मलेसियाका लागि मुहमद फाथुल मुइनले सर्बाधिक ३८ रन बनाए भने कप्तान डीआज पात्रोले १० रन बनाएका थिए । मलेसियाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसैगरी मलेसियाको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा नेपाली बलर अभय यादवले सर्बाधिक ४ विकेट लिए भने शुभम खनालले ३ विकेट लिए । त्यस्तै कप्तान विपिन शर्मा र सचिन भट्टले एक एक विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close