पोखरामा सम्पन्न ह्विल चियर बास्केटबलको उपाधी आयोजक लेकसिटीले जित्यो

पोखरा, २९ मंसिर ।
लायन्स क्लब अफ पोखरा लेक सिटीले आफ्नो क्लब स्थापनाको रजत जयन्तीका अबसरमा आयोजित ह्विल चियर राष्ट्रिय बास्केटबल प्रतियोगितामा आयोजक टिमनै बिजयी भएको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा आयोजक लेकसिटी ह्विल चियर बास्केटबलले जावलाखेल ह्विल चियर क्लबलाई २३–१४ स्कोरले पराजित गर्दै उपाधी जितेको हो । उपाधी संगै आयोजक टिमले २० हजार र उपबिजेताले नगद १५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

त्यसै गरि प्रतियोगितामा काठमाडौको सिआईएसएले नेपालगंजको ह्विल चियर बास्केटबल कलबलाई १४–४ ले पराजित गर्दै तेश्रो स्थान प्राप्त ग¥यो भने चौथो भएको नेपालगंज सान्त्वना स्थान बनायो । दुबै टिमले समान नगद ५–५ हजार प्राप्त गरेका छन । प्रतियोगितामा आयोजक लेक सिटीका दान बहादुर थिङ उत्कृष्ट खेलाडी घोषित भए भने जावलाखेलका भरत बिक उत्कृष्ट स्कोरर घोषित भएको प्रतियोगिता संयोजक विद्या मर्सानीले पोखरा स्र्पोट्सलाई जानकारी दिए ।

प्रतियोगितामा बिजेता टिम तथा खेलाडीलाई लायन्स इन्टरनेशनलका पूर्व गर्भनर धनराज आचार्य, गण्डकी प्रदेशका सांसद बिन्दु कुमार थापा, पूर्ब मल्टिपल काउन्सिद चियर पर्सन दिपक श्रेष्ठ लगाएतले पुरुस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

समापन कार्यक्रम लायन्स क्लब अफ पोखरा लेक सिटीका अध्यक्ष मदन केसीको अध्यक्षतामा भएको थियो । अपाङ्गता भएका ब्यक्तीहरुले पनि समाजमा योगदान गर्न सक्छन भन्ने भावना जागृत गराउन प्रतियोगिता आयोजना थियो । प्रतियोगितामा ४ टिमको सहभागिता रहेको थियो । अध्यक्ष केसीले यो प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close