‘युथ ओपन फाइभ के रन’ असार २ गते हुने

पोखरा स्पोर्टस । एथलेटिक्स परिवार नेपालको आयोजनामा असारको पहिलो साता युथ ओपन फाइभ के रन हुने भएको छ ।

एथलेटिक्सका युवा खेलाडीलाई प्रवर्द्धन गर्ने उद्धेश्यका साथ दशरथ रंगशालामा असार २ गते प्रतियोगिता हुने आयोजकका अध्यक्ष राजन खत्रीले जनाएका हुन् ।

पुरुष र महिला गरि दुई स्पर्धामा सञ्चालन हुने प्रतियोगितामा १४ वर्ष उमेर पुगेका खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छन् ।

दुवै समूहमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार पाउने छन् । चौथो र पाँचौं हुनेले समान २–२ हजार तथा छैटौंदेखि दशौं स्थानमा रहने खेलाडीले समान १–१ हजारका रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगितामा नाम दर्ताका लागि जेठ ३२ गते बिहिबारसम्मको समय तोकिएको छ । खेलाडी दर्ता वर्ल्ड ट्रेड सेन्टरको दोस्रो तलामा रहेको एथलेटिक्स परिवार नेपालको सम्पर्क कार्यालयमा गर्न सकिने अध्यक्ष  खत्रीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close