
पोखरा स्पोर्टस । यूवा संघ नेपालको खेलकुद विभाग प्रमुखमा सम्पन्न श्रेष्ठ मनोनयन भएका छन् । नेकपा एमाले निकट यूवा संघको हालै सम्पन्न बैठकले श्रेष्ठलाई खेलकुद विभागको जिम्मेवारी दिएको हो ।
बागलुङ स्थायी घर भएका श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको निवर्तमान अध्यक्ष हुन भने राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड सदस्य समेत रहेका थिए ।
श्रेष्ठ नेपाल रोइङ संघको महासचिव तथा नेपाल मुआथाई संघका कार्यबाहक अध्यक्षको रुपमा समेत जिम्मेवारी सम्हालिरहेका छन् ।
पोखरा स्पोर्टस संग कुरा गर्दै श्रेष्ठले यूवा संघले आफूलाई दिएको जिम्मेवारीलाई पुरा गर्ने तर्फ सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताए । उनले भने–“मलाई अध्यक्ष ज्यू लगायत कार्यसमितिले विश्वास गरेर जुन महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ त्यसलाई पुरा गर्न खरो संग कर्मक्षेत्रमा डट्ने छु ।” आफूलाई मह्त्व जिम्मेवारी प्रदान गरेकोमा उनले यूवा संघ अध्यक्ष लगायत कार्यसमितिलाई आभार समेत व्यक्त गरे ।
