
पोखरा स्पोर्टस । ओलम्पिक ‘डे’ अवसरमा माउन्ट अन्नपूर्ण माविमा बास्केटबललगायत विविध कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा नदीपुरस्थित गण्डकी प्रदेशको पहिलो निजी विद्यालय माउन्ट अन्नपूर्णले हालै एस.इ.इ. दिएर बसेका विद्यार्थीहरूको समयलाई सदुपयोग गर्ने उद्देश्यकासाथ तीन दिने विविध कार्यक्रमहरुको आयोजना गरेको सम्पन्न गरेको हो ।

ओलम्पिक डेको अवसरमा आयोजित कार्यक्रमको पहिलो दिन असार ६ गते सम्पन्न भएको बक्तृत्वकला प्रतियोगितमा कुल २२ विद्यालयका छात्रातर्फ ३२ र छात्रतर्फ १२ गरी ४४ विद्यार्थीहरू सहभागी रहेको विद्यालयले जनाएको छ । ‘बर्तमान समयमा ओलम्पिक खेलको भूमिका’ शीर्षकमा दुबै निबन्ध तथा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।
बक्तृत्वतर्फ गण्डकी बोर्डिङ स्कुलका छात्र प्रसुन आधिकारी, गण्डकी बोडिङ् स्कुलकै छात्रा समता थापा, बालविद्या स्कुलका छात्रा अर्चना सि।के र शान्ति निकेतन माविका आदिती पराजुली क्रमश पहिलो, देस्रो, तेस्रो र सान्त्वना हुँदा निवन्ध प्रतियोगितमा डिज्निल्याण्ड एकेडेमीका छात्रा स्मृती लम्साल, बालप्रभात बोडिङ् स्कुलका छात्र शतिस अर्याल, माउन्ट अन्नपूर्ण मा.वि.का छात्र एन्जेल पाण्डे र अल्फा बोर्डिङका छात्र रिदम थापा क्रमशः प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।
बिजेताहरूलाई क्रमशः प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेलाई क्रमश नगद रू.७, ५, ३ र १ हजार सहिद पदक तथा प्रमाणपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।
ओलम्पिक डेकै अवसरमा ७ गते देखि ९ गते सम्म सञ्चालन भएको बास्केटबलमा छात्रातर्फ पात्ले खेत, के.बि.ऐ.(बि), एस.वाई.सि.क्रमश प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्न सफल भएका थिए भने छात्रातर्फ माउन्ट अन्नपूर्ण (बी), मर्दिखोला (ए), मर्दिखोला (बी) क्रमश प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।
प्रतियोगितामा छात्रतर्फको सर्वोत्कृष्ट खेलाडी टिम पात्ले खेतका प्रशान्त पाईजा तथा के.बि.ऐ.(बि)का अनमोल श्रेष्ठ हाई स्कोरर बन्न सफल रहे । त्यसैगरी छात्रा तर्फको सर्वोत्कृष्ट खेलाडी टिम माउन्ट अन्नपूर्णका मुस्कान गुरूङले प्राप्त गर्न सफल भएन भने र हाई स्कोरको उपाधी टिम मर्दिखोला(ए) की सजिना गुरूङले प्राप्त गरिन् ।
बास्केटबल छात्रतर्फ क्रमश प्रथम, द्धितीय, तृतीयलाई नगद रू २०, १० र ५ हजारको साथमा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने बास्केटबल छात्रा तर्फ व्रmमशः प्रथम, द्धितीय, तृतीयलाई नगद रू ९, ६ र ३ हजारको साथमा पदक तथा प्रमाणपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।
पुरस्कार वितरण कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं विद्यालयमा निर्देशक तेज बहादुर गुरूङ्ले ओलम्पिक डेको अवसरमा विद्यालयले गरेको रचनात्मक कार्यप्रति प्रशंसा गर्दे विद्यालय तथा सम्पूर्ण सहभागीहरूलाई आभार व्यक्त गरे । कार्यक्रम माउन्ट अन्नपूर्णका प्राचार्य सइन्द्रराज श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
