सदस्य–सचिव सिलवाल जापान प्रस्थान

पोखरा स्पोर्टस । टोकियो ओलम्पिक– २०२० मा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल शुक्रबार जापानको टोकियो प्रस्थान गरेका छन् ।

टोकियो ओलम्पिकमा नेपाली टोलीको सेभ दि मिसनका रुपमा सहभागी हुन सदस्य–सचिव सिलवाल जापान प्रस्थान गरेका हुन् । उनीसहित सुटिङ र जुडो टोलीलगायत टोली पहिलो चरणमा जापान प्रस्थान गरेका छन् ।

सदस्य–सचिव सिलवालको अनुपस्थितिमा राखेप बोर्ड एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरले निमित्त सदस्य–सचिवको कार्यभार सम्हालने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close