गण्डकी प्रदेशको खेलकुद नितिः खेल्छ गण्डकीलाई निरन्तरता, क्रिकेट रंगशाला निर्माण

पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकारले खेल्छ गण्डकी कार्यक्रमलाई निरन्तरता दिंदै अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण कार्यलाई अघि बढाउने भएको छ ।

गण्डकी प्रदेश सभामा सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सो विषयलाई अघि सारेका हुन् । गत वर्षबाट सुरु भएको गण्डकी प्रदेशको खेलकुद विकासको महत्वपूर्ण कडिको रुपमा रहेको खेल्छ गण्डकी कार्यक्रमलाई सरकारले प्राथमिकताका साथ निरन्तरता दिंदै सो कार्यक्रम मार्फत खेलाडी उत्पादन, छनौट र प्रशिक्षण सम्वन्धि योजनालाई अघि बढाउने प्रदेश प्रमुख गुरुङले जनाए ।

त्यसै गरी गण्डकी प्रदेश खेल पर्यटन केन्द्रको रुपमा विकास गर्न सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण कार्यलाई प्राथमिकतामा राखिएको छ भने प्रदेशमा अन्तर्राष्ट्रिस्तरको कभर्डहल निर्माणका लागि सम्भव्यता अध्ययन गरिने उल्लेख छ ।  

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रमा विशेष योगदान निकाय तथा व्यक्तिहरुलाई सरकारले ‘गण्डकी खेलकुद पदक’ बाट सम्मान गर्ने भएको छ । यसैगरी एक स्थानिय तह एक खेल मैदानलाई समेत प्रदेश सरकारले निरन्तरता दिएको छ ।

विगत ५ वर्ष देखि गण्डकी प्रदेश सरकारले महत्वकाँक्षी योजनाको रुपमा अघि सारेको मुस्ताङ जिल्लामा हाई अल्टिच्यूड खेल मैदान निर्माण कार्यलाई पुनः निरन्तरता दिएको छ । प्रदेश प्रमुखले हाई अल्टिच्यूड खेल मैदान निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने गरी विकास गर्ने जनाए ।

प्रदेश सरकारले अघि सारेका खेल्छ गण्डकी कार्यक्रम, क्रिकेट रंगशालाको निर्माण, कभर्डहलका लागि सम्भव्यता अध्ययन, हाइअल्टि च्यूड खेल मैदान, एक एथानिय तह एक खेल मैदान लगायत सबै कार्यक्रम र योजनाहरु विगत सरकारकै निरन्तरता हुन् । ति योजना मध्येका क्रिकेट रंगशाला, हाइअल्टि च्यूड खेल मैदान, कभर्डहल निर्माणकार्यहरु सबै घोषणामा सिमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close