देशका ठूला रंगशालाहरु एन्फाले पुनः निर्माण गरेका हुन र कर्माछिरिङ ज्यू ?

पोखरा स्पोर्टस । यति बेला नेपाली फुटबलको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनले खेलकुदको बजार तातेको छ ।

असार ६ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता मनोनयन पनि सकिएको छ । ‘चेन्ज एन्फा’को नारा दिएर चार वर्ष अघि संगै हिंडेको जोडी कर्मा छिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङ एक अर्का विरुद्ध चुनावी मैदानमा छन् । चार वर्ष अघि चेन्ज एन्फाको नारा दिने पंकज यति बेला ‘चेन्ज कर्मा’ भन्दैछन् । यति मात्र होइन चार वर्ष पछि चुनावी मैदानमा होमिएका कर्मा छिरिङ आफ्नो टिमले चार वर्ष गरेको कामको जस लिन पनि तछाड् मछाड्मा छन् भने यता उनकै नेृतत्वको एन्फाले यार्सा गुम्वा खरिद गरेको विल सामाजिक सञ्जाल र समाचारमा छताछुल्ल बनेका छन् ।

चार वर्ष गरेको एक दर्जन भन्दा वढी कामको फेहरिस्तमा कर्मा छिरिङले आफ्नो सामाजिक सञ्जालमा नेपालका तिन वटा महत्वपूर्ण रंगशालाहरु आफ्नै टिमको नेतृत्वमा पुनः निर्माण सम्पन्न भएको फोटो सहित पोष्ट गरेका छन् । पोखरा रंगशालाकै निर्माणको कुरा गर्ने हो भने यो नेपाल सरकारले १ अर्व २८ करोड ५० लाखको लागतमा निर्माण गरेको हो । निर्माणको अन्तिम चरणका काम यति बेला रंगशालामा जारी छ । पोखरा रंगशालाको सम्पूर्ण निर्माण प्रक्रिया यति बेला राष्ट्रिय खेलकुद परिषदको नेतृत्वमा भइरहेको छ ।

त्यसै गरी विराटनगरको रंगशाला र राजधानीको दशरथ रंगशाला समेत एन्फाकै नेतृत्वमा पुनः निर्माण गरिएको भए एन्फाको कति करोड खर्च भयो भन्ने प्रश्न समेत उव्जिन्छ । फुटबल खेल्ने मुख्य रंगशाला भएकोले त्यसका लागि प्राविधिक रुपमा एन्फाले मौखिक वा लिखित सुझाव भने युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदलाई दिएको भने होला तर एन्फाको नेतृत्वमा यि रंगशाला निर्माण भएकै हुन् भने प्रमाण आवश्यक होला ।

देशकै तिन ठूला रंगशालाको फोटो समेत राखेर एन्फा अध्यक्ष कर्माछिरिङको सामाजिक सञ्जालमा लेखिएको छ–“हाम्रो नेतृत्वमा गठन भएको कार्यसमितिले गरेको पुनः निर्माणको कार्यहरु ।” झट्ट हेर्दा निकै आकर्षक छ । मन लोभ्याउने पनि छ । तर एन्फाले नै कसरी पुनः निर्माण गर्यो त्यो भने प्रश्न जिवितै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close