कास्की बक्सिङ संघको अध्यक्षमा पुनः श्रेष्ठ

पोखरा स्पोर्टस । कास्की जिल्ला बक्सिङ संघको अध्यक्षमा पुनः सुमन कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

पोखरामा शनिबार सम्पन्न भएको पाँचौ अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले १३ सदस्यीय कार्यसमिती समेत सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा राज बहादुर कोईराला, उपाध्यक्षमा सन्तोष कार्की, सचिवमा शिशिर थापा मगर, सह–सचिवमा चन्द्र बहादुर गुरुङ र कोषाध्यक्षमा सन्जोग पराजुली निर्वाचित भएका छन ।

यसै गरी कार्यसमिति सदस्यमा भक्त तमाङ्ग, अर्जुन गुरुङ, सुरज तमाङ्ग, प्रदिप गुरुङ, विश्व गुरुङ र प्रियङ्का गुरुङ निर्वाचित भए ।

सो अवसरमा बक्सिङ खेल विकासमा पुर्‍याएको योगदानको कदर गर्दे बक्सिङका प्रशिक्षक विद्या प्रसाद मर्सानी र बक्सिङका पूर्व राष्ट्रिय खेलाडी गणेश बहादुर भट्टराई सम्मान गरिएको थियो ।

यस अघि अधिवेशनको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले गरेका थिए ।

कार्यक्रममा ओलम्पियन ओम मास्के, गण्डकी प्रदेश बक्सिङ संघका संयोजक राजेन्द्र पहारी, पूर्व राष्ट्रिय बक्सिङ खेलाडी गणेश बहादुर भट्टराई, नेपाल बक्सिङ संघका केन्द्रिय सदस्य मान बहादुर भण्डारी, प्रशिक्षक विद्या मर्सानी, राज बहादुर कोइराला लगायतले आफ्ना भनाई राखेका थिए । संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close