
पोखरा स्पोर्टस । नेपाल सुटिङसंघ गण्डकी प्रदेशको तदर्थ समिति गठन भएको छ ।
ओलम्पियन भगवती खत्रीको संयोजकत्वमा ९ सदस्यिय तदर्थ समिति गठन गरिएको हो । उनी नेपाल सुटिङ संघकी प्रतिनिधी समेत हुन् ।
समितिको उपाध्यक्षमा गोपाल के.सी.(म्याग्दी, सचिवमा राम नारायण श्रेष्ठ (कास्की) र कोषाध्यक्षमा खम्वा गरुङ (स्याङजा) रहेका छन् ।
त्यसै गरी समितिको सदस्यमा सन्दिप गाहा (पर्वत), राजु श्रेष्ठ (कास्की), सुर्य बहादुर थापा (स्याङजा), आशिक राजभण्डारी (बाग्लुङ), र लक्ष्मी साही (पर्वत) रहेका छन् ।
उक्त भेला प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य ऋषिराम गौतमको उपस्थितिमा गठन भएको हो ।
