१९ औं एसियाली खेलकुद : कराते खेलाडी छनोट पूरा

पोखरा स्पोर्टस । चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि करातेको अन्तिम खेलाडी छनोट बुधबार सातदोबाटोस्थित कराते हलमा सम्पन्न भएको छ ।

नेपाल कराते महासंघले आयोजना गरेको अन्तिम छनोट प्रतियोगिताबाट पुरुष/महिलामा समान ४–४ गरी ८ खेलाडी छनोट भएको करातेका प्रमुख प्रशिक्षक तुलसी महर्जनले जनाएका हुन् ।

पुरुषको ६० केजीमुनि सन्तोष श्रेष्ठ, ६७ केजीमुनि मोहम्मद शेख आलाम, ८४ केजीमाथि विप्लव श्रेष्ठ र एकल कातामा स्वर्णिम मानन्धर छनोट भए ।

महिलाको ६७ केजीमाथि आरिका गुरुङ, ६१ केजीमुनि निरुपा तामाङ, ५५ केजीमुनि सविना श्रेष्ठ र एकल कातामा एलिशा रास्कोटी छानिए ।

एसियाली खेलकुद असोज ६ गतेदेखि हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close