गण्डकी प्रदेशस्तरिय सेपाक्ताक्रो उपाधि नवलपुरले जित्यो

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय सेपाक्ताक्रो खेलको उपाधि नवलपुरले जितेको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र गण्डकी प्रदेश सेपाक्ताक्रो संघको समन्वयमा पोखरामा सम्पन्न प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फको उपाधि नवलपुरले जितेको हो ।

सम्पन्न पुरुषतर्फको फाइनलमा नवलपुरले तनहुँलाई २–० को सोझो सेटमा पराजित गरेको थियो भने महिलातर्फको उपाधि भिडन्तमा नवलपुरले कास्कीलाई २–० को सोझो सेटमा पराजित गरी उपाधि जितेको छ ।

प्रतियोगितामा पुरुषतर्फ स्याङजा जिल्लाले तृतिय भएको छ भने महिलातर्फ तनहुँ तेश्रो हुन सफल भएको संघका अध्यक्ष श्याम बहादुर श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा पाँच जिल्लाका महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहेको थियो ।

बिजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्मा, संघका केन्द्रिय अध्यक्ष नेत्र प्रसाद गुरुङले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यस अघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close