एन आर एन यूके र सहारा यूकेको टोली सहारा क्लवमा

पोखरा, १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागिता जनाउन आएको गैर आवाशिय नेपाली संघ (एन.आर.एन.ए) यूके र सहारा क्लब पोखराको भातृ संस्था सहारा युकेको टोलीले पोखरा बसपार्क सहारा क्लव पोखरामा भेटघाट गरेको छ ।

एन.आर.एन ए युकेकी अध्यक्ष पुनम गुरुङ सहित पुगेको टोलीले क्लबका अध्यक्ष केशव बहादुर थापा लगाएत क्लबका पदाधिकारी संग भेटघाट गरि एकेडेमी लगाएत फागुन २२ गते बाट सुरु हुने आहा रारा गोल्ड कप बारे जानकारी लिएको थियो ।

सो अवसरमा एन.आर.एन ए युकेकी अध्यक्ष गुरुङले खेलकुदको विकास संगै सामाजिक अभियानमा सहाराले गरेको कार्यको प्रशंसा गरेको क्लवका अध्यक्ष थापाले बताए ।

सो अवसरमा पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरुङ, सहारा युकेका महासचिब धनु थकाली, संस्थाका प्रमुख सल्लाहकाकार महेश गुरुङ, संस्थाका सचिब पुर्व डिएसपी वाचस्पती रेग्मी, कार्य समिती सदस्य मञ्जु गुरुङ, योगेश गुरुङ, भोज गुरुङ, सल्लाहकारहरु लोक बहादुर गुरुङ, चन्द्रमान गुरुङ, नरजङ गुरुङ, तमु धिं युकेका पुर्व अध्यक्ष तथा सहारा युकेका सदस्य कमल गुरुङ, पूर्व खेलाडी तथा प्रशिक्षक भुपु कर्णेल मणिन्द्र गुरुङ र उनकी श्रीमती ईन्द्रा गुरुङ लगाएत रहेको क्लबले जनाएको छ ।

क्लबमा पुगेको युकेको टोलीलाई क्लबका अध्यक्ष थापा लगाएत पदाधिकारीहरुले स्वागत गरेका थिए ।
तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close