
पोखरा स्पोर्टस । दोश्रो पोखरा महानगरस्तरीय स्क्वास प्रतियोगिता पोखरा रंगशालामा सुरु भएको छ ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र स्क्वास र्याकेट एसोसिएसन, कास्कीको व्यवस्थापनमा उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता अन्तर्गत शुक्रबार १९ खेलहरु सम्पन्न भएको प्रतियोगिताका संयोजक विश्व बिजुक्छेले जानकारी दिएका छन् ।
सम्पन्न प्रतियोगिताबाट सूजन आचार्य, दिपक बहादुर गोदार र रामकृष्ण ज्ञवालीले अन्तिम चारमा स्थान पक्का गरेका छन् ।
भेट्रान्स, खुल्ला र बिगिनर्स गरी तिन विधामा सञ्चालन भइरहेको प्रतियोगिताको एक कार्यक्रमका बिच गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले गरेका थिए । उनले खेलकुदको विकासका लागि स्थानियस्तरका प्रतियोगिताहरु आवश्यक रहेको बताउँदै खेलकुदले स्वस्थ समाज निर्माणका लागि समेत सकारात्मक भूमिका खेल्ने बताए ।
उद्घाटन कार्यक्रम कास्की स्क्वास र्याकेट एसोसिएसनका कार्यबाहक अध्यक्ष हिराकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव प्रविण पालिखे, रविन्द्र श्रेष्ठलगायतले आफ्ना भनाई राखेका थिए ।
खेलाडीको स्तरोन्नति गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद रु १०,५ र ३ हजारका साथमा मेडल र प्रमाणपत्र पुरस्कार दिइने छ । तृतीय हुने दुई जनाले पुरस्कार पाउने छन् ।
प्रतियोगितामा दुवै विधातर्फ गरेर ४० जनाभन्दा बढी खेलाडी सहभागी रहेको संघका कोषाध्यक्ष तथा प्रतियोगिताका निर्णायक सन्तोष घिमिरेले बताए ।
