नेपाल ओलम्पिक कमिटीको बैठक पोखरामा शुरु, राजधानी बाहिर पहिलो पटक बैठक

केशव पाठक/पोखरा,
नेपाल ओलम्पिक कमिटी (एन.ओ.सी)को तेश्रो पुर्ण बोर्ड बैठक आज बाट पोखरामा शुरु भएको छ । दुई दिन सम्म चल्ने बोर्ड बैठक राजधानी बाहिर पहिलो पटक भएको हो ।

बैठकका लागि एनओसीको अध्यक्ष तथा प्रतिनिधी सभाका सांसद जिवनराम श्रेष्ठ सहित १९ सदस्यिय कार्य समितीका सम्पुर्ण पदाधिकारी सहितको टोली बैठकमा सहभागिता रहेको छ ।

बैठकले विभिन्न एजेण्डामा छलफल गर्ने र वर्तमान अवस्थामा कोभिड– १९ (कोरोना)ले विश्व व्यापी रुपमा खेलकुदमा पारेको प्रभावका बारेमा समेत छलफल गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । “हामी पोखरा खेलकुदका कार्यक्रममा धेरै पटक आएका छौं, हामी पोखराको नजिकका पनि हौंं” भन्दै अध्यक्ष श्रेष्ठले थपे–“यो पटक हामी थप विशेषताका साथ पोखरामा छौं, नेओकले पोखरा बाट खेलकुदको क्षेत्रमा नयाँ सन्देश पक्कै दिनेछ ।”

बैठक बारे यसो भन्छन अध्यक्ष श्रेष्ठ (भिडियोमा)

१३ औं दक्षिण एसियाली खेलकुद (साग) भव्यताका साथ सम्पन्न गर्न सबै संघहरुले महत्वपुर्ण भुमिका खेलेको बताउँदै र सो बेला व्यवस्थित रुपमा बैठक बस्न नसकिएको जानकारी दिंदै अध्यक्ष श्रेष्ठले आगामी एसियाली खेलकुद र ओलम्पिकका बारेमा समेत बैठकमा गहन छलफल हुने बताए । आगामी जापानमा हुने टोकियो आलम्पिकका बारेमा समेत आइओसी संग छलफल हुने बताए ।

बैठकले नेओकका पदाधिकारीलाई जिम्मेवारी बाँडफाँड समेत गर्ने महासचिब निलेन्द्रराज श्रेष्ठले बताए । विश्वमा महामारीको रुपमा देखिएको कोरोनाका कारण केही खेलका क्वालिफाइङ राउण्डका खेलहरु हुन नसकेको जानकारी दिंदै हाल सम्म नेपालमा छनौटमा परेका तिन जना खेलाडीलाई शुरक्षित आधारमा प्रशिक्षणलाई निरन्तरता दिने बताए । उनले वाइल्ड कार्डका आधारमा ओलम्पिकमा दिइने सहभागितका लागि हुने क्वालिफाइङ राउण्डका खेलहरु आगामी जुन सम्म हुने जानकारी दिए ।

पोखरा आएका नेओकका अध्यक्ष जिवनराम श्रेष्ठ लगाएत पदाधिकारी तथा कार्य समितीका सदस्यहरुलाई पोखरा विमानस्थलमा उपाध्यक्ष तेज गुरुङले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close