बंगलादेश विरुद्ध सहज जित निकाल्दै नेपाल सेमीफाइनलमा

पोखरा स्पोर्टस । घरेलु मैदानको फाइदा उठाउँदै नेपालले बंगालादेश विरुद्धको खेलमा सहज जित हात पादै  सेमीफाइनलमा स्थान पक्का गरेको छ ।

काठमाण्डौमा जारी काभा महिला भलिबल च्यालेन्ज कप समुह ‘ए’ अन्तर्गतको खेलमा नेपालले बंगलादेश विरुद्ध ३–० को सहज जित हात पार्दै सेमीफाइनलमा स्थान पक्का गरेको हो । आफ्नो जित सुनिश्चित गर्न नेपालले पहिलो सेट २५–१० ले जित्यो । १६ मिनेट चलेको पहिलो सेट नेपाल बंगलादेश विरुद्ध पुरै हावी बन्यो ।

दोश्रो सेट समेत १६ मिनेट भन्दा अघि बढेन । दोश्रो सेटमा २५–०८ ले जित्दै नेपालले बंगलादेशलाई थप दबाबमा राख्यो । १७ मिनेट खेल भएको तेश्रो सेटमा २५–९ ले जित्दै समुहमा ६ अंकका साथ दोश्रो स्थान बनाएको छ भने जित संगै नेपाल सेमीफाइनलमा पुगेको छ ।

नेपालले आफ्नो तेश्रो खेल भोली (बुधबार) चिर परिचित प्रतिद्वन्दी भारत संग खेल्ने छ । सोही खेलले समुहको विजेता र उपविजेताको समेत टुङ्गो लाग्ने छ । भारत आज किर्गिस्तान विरुद्धको खेलमा जित हात पार्दै ६ अंकका साथ समुहमा पहिलो स्थान बनाएको छ । भारतले किर्गिस्तान संग २७–१७, २५–८, २५–८ को जित निकालेको हो ।

नेपालले यस अघि भारत विरुद्ध १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा खेलेको थियो । भोली ३ बजे हुने खेल निकै रोमाञ्चपूर्ण हुने अपेक्षा गरिएको छ । किर्गिस्तान र बंगलादेशले अब बरियताका लागि प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै आजै भएको समूह बी को खेलमा काजाकिस्तानले श्रीलंकामाथी निकैनै प्रतिस्पर्धात्मक खेलमा ३–१ सेटको जित निकाल्न सफल भयो । पहिलो र दोश्रो सेट २५–१६, २८–२६ ले आफ्नो पक्षमा पारेको काजाकिस्तानले तेश्रो सेट १८–२५ले श्रीलंकालाई सुम्पियो । यस्तै चौथो सेटमा निकैनै प्रतिस्पर्धात्मक रुपमा २९–२७ ले काजाकिस्तानले जित्दै जित आत्मसाथ गरेको छ । यो जितका साथै काजाकिस्तानको ६ अंक भएको छ । पहिलो खेलमा काजाकिस्तानले मालदिभ्सलाई पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close