दोस्रो बाग्मती प्रदेश खेलकुद प्रतियोगिता सुरु

पोखरा स्पोर्टस । दोस्रो बाग्मती प्रदेश खेलकुद प्रतियोगिता आइतबारबाट सुरु भएको छ ।

बाग्मती प्रदेशको राजधानी हेटौडाको पिप्ले क्याम्पा रंगशालामा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले एक भव्य समारोहका विच उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा मार्च पास्, आतिसबाजी, सांगीतिक प्रस्तुती र विभिन्न किसिम सांस्कृतिक प्रदर्शनीलगायत विभिन्न कार्यक्रम हरु भएको बाग्मति प्रदेशले जनाएको छ ।

प्रतियोगितामा बाग्मति प्रदेशका १३ जिल्लाका कुल दुई हजार पाँच सय दुई खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा १४२७ पुरुष र १०७५ महिला खेलाडी रहेको प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूूर्यलाल भण्डारीले जनाएका छन् ।

काठमाडौंमा जुडो र उसु, ललितपुरमा पौडी तथा चितवनमा क्रिकेटका प्रतिस्पर्धा हुनेछन् । बाँकी ९ खेल मकवानपुरका विभिन्न खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगिता जेठ १३ गतेसम्म सञ्चालन हुनेछ ।

पहिलो दिन चितवनमा क्रिकेट खेल सञ्चालन भएको छ । बाँकी खेल भने सोमबारदेखि सुरु हुनेछन् । प्रतियोगितामा २१९ स्वर्ण, २१९ रजत र ३५६ कांस्य गरी कुल सात सय ९४ पदकका लागि १३ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको स्वर्ण विजेताले पाँच हजार, रजत पदक विजेता चार हजार र कांस्य विजेताले तीन हजार पुरस्कार पाउने छन् । प्रतियोगिताका लागि कुल ९ करोड रुपैयाँ अनुमानित खर्च हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close