पोखरामा ‘१० औं ए.एफ.सी ग्रासरुट डे’ मनाइयो

पोखरा स्पोर्टस । पोखरामा ‘१० औं ए.एफ.सी ग्रासरुट डे’ शनिबार पोखरामा एक कार्यक्रम गरी मनाइएको छ ।

कास्की जिल्ला फुटबल संघको आयोजनामा भएको ग्रास रुट डे कार्यक्रमको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले गरेका थिए । कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै ग्रास रुट लेभल कार्यक्रमले यूवा खेलाडी उत्पादन गर्न सहयोग मिल्ने बताए ।

सो अवसरमा एसियाली फुटबल महासंघ (ए.एफ.सी)का प्रतिनिधि पंकज बहादुर शाहीले ग्रास रुट कार्यक्रम नेपाली फुटबल विकासका लागि कोशेढुङ्गा रहेको बताउँदै यो कार्यक्रममार्फत खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने बताए । फुटबलको विकास संगै खेलकुदमा लगानी बढाउन सरोकारवालाहरुको ध्यान आकृष्ट गर्न समेत यो कार्यक्रम सफल हुने उनले उल्लेख गरे । 

संघका अध्यक्ष उज्जवल रञ्जितको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव वुद्धि खत्रीले समेत आफ्ना भनाई राखेका थिए

एन्फाले उक्त दिवस काठमाण्डौ, सुनसरी, धनुषा, काठमाण्डौ र कास्कीमा मनाएको छ । कास्कीमा विभिन्न एकेडेमीमा प्रशिक्षण लिइरहेका १०० जना बालकहरुको सहभागिता रहेको थियो ।

ग्रास रुट अन्तर्गत एन्फाले नेपालका विभिन्न जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ । फुटबल विकासका लागि एफसीको यो कार्यक्रम निशुल्क भए पनि विभिन्न जिल्लामा संघहरुले आफुखुसी मासिक शुल्क समेत उठाउँदै आएका छन् । शुल्क लिने बारे एन्फा र जिल्ला फुटबल संघहरु मौन रहेका छन् ।

एफसीको यो कार्यक्रम ६ वर्ष देखि १२ वर्ष उमेर समुहका बालबालिकालाई उनीहरुको भित्र रहेको फुटबल क्षमताको विकास संगै फुटबलतर्फ आकर्षित गर्नु प्रमुख उद्धेश्य समेत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close