पोखरेली अभिषेकले जिते प्रधान सेनापति राष्ट्रिय टेनिस उपाधी

पोखरा स्पोर्टस । दोश्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधी पोखरेली खेलाडी अभिषेक बाँस्तोलाले जितेका छन् ।

काठमाण्डौस्थित त्रिभुवन आर्मी क्लवभित्रको टेनिस कोर्टमा शुक्रबार भएको फाइनल खेलमा अभिषेकले आरभ हाडालाई ६–३, ६–० को सेटमा पराजित गर्दै उपाधीमा आफ्नों नाम लेखाएका हुन् । राष्ट्रिय टेनिस प्रतियोगितामा अभिषेकको यो ‘हेड टु हेड’ दोश्रो उपाधी हो । यसअघि उनले सिटिजन ओपनको उपाधी उचालेका थिए ।

आरभले पहिलो सेटको खेलमा अभिषेकको सर्भिस ब्रेक गर्दै ३–१ ले अग्रता लिएका थिए । त्यसपछिको खेलमा उत्कृष्ट कमब्याक गर्दै अभिषेकले लगातार ११ खेल आफ्नों पक्षमा पारे । जितसंगै अभिषेकले नगद ५० हजार सहितको ट्रफि उठाए । आरभले २५ हजारमा चित्त बुझाए । प्रतियोगिताको मिक्स डबल्स उपाधी अर्का पोखरेली खेलाडी प्रदीप खड्का र मायिका राणाको जोडीले जितेका थिए । पोखराकै गंगा शर्माले महिलातर्फ तेश्रो स्थान प्राप्त गरिन् ।

विजयी खेलाडीहरुलाई नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणा, उपाध्यक्ष विनोद कायस्थ लगायतले पुरस्कृत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close