साग सुरक्षा व्यवस्था चुस्त बनाउछौ : कानुन मन्त्री चुमान

पोखरा, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले साग लक्षित सुरक्षा व्यवस्थालाई चुस्तबनाउ प्रदेश सरकार लागेको बताएका छन ।

१३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को पोखरा रंगशाला निरिक्षण गर्ने क्रममा कानुन मन्त्री चुमानले उक्त कुरा बताएका हुन ।

साग अन्तरगत पोखरामा ८ खेल हुदैँ छ । निमार्णधिन पोखरा रंगशालाको निरिक्षण गर्दै गण्डकी प्रदेशका कानुन मन्त्री चुमानले सुरक्षा व्यवस्था कस्तो हुदैँ छ भन्दै आफु क्षेत्रगत निरिक्षणमा आएको बताए । “हामिले आन्तरिक छलफलमा त सुरक्षाको निति बनाएका छौँ तर क्षेत्रगत निरिक्षणले सुरक्षा व्यवस्था कसरी गर्ने भन्ने कुराको राम्रो जानकारी प्राप्त हुन्छ, सुरक्षा व्यवस्था थप चुस्त पार्ने छौँ” कानुन मन्त्री चुमानले भने ।

सागको बेला सुरक्षको क्षेत्रमा कुनैपनि कमिकमजोरी हुन नदिने विश्वास समेत व्यक्त गरे । रंगशाला निमार्णको काम ढिलो शुरुभएपनि तिव्र गतिमा अघि बढेको उनले बताए । “हामिले बेलामै सम्पन्न गर्न सकेको भए केहि कुरा पनि छुट्ने थिएन, आज कामको तिव्रता देखेर खेल १५ गते अघि नै सबै सम्पन्न हुने विश्वास छ” उनले भने ।

पोखरामा अन्तराष्ट्रिय प्रतियोगिता पहिलो पटक हुन लागेको बताउदैँ उनले पोखराको मुख्य बजार तथा पर्यटकीय क्षेत्रलाई समेत रंगाउन आवश्यक रहेको धारणा राखे ।

गण्डिकी प्रदेशले साग तथा कास्की २ उप निर्वाचनको लागि सुरक्षा समन्वय समितिले सुरक्षा रणनिती बनाएको उनले बताए । पोखराको रंगशालालाई मात्र सजावट नगरि पोखरालाई नै सजाए सागलाई थप आकर्षित गर्ने उनले बताए ।

भारोत्तोलनको प्रशिक्षण हल तयार
त्यसै गरी पोखरा रंगशालामा भारोत्तोलनको लागि साउना बाथ सहितको प्रशिक्षण हल समेत तयार भएको छ । हलमा ६ बटा प्लेटफर्म रहेको कास्की जिल्ला भारत्तोलन संघका अध्यक्ष राजन वडगामीले जानकारी दिए ।

पोखरा रंशलामामा खेलाडीहरुको प्राथमीक उपचारका लागि प्राथमीक उपचार कक्ष समेत निमार्ण सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close