
पोखरा, कोभिड १९ ले लकडाउन जारी रहैकै बेला पोखरा रंगशालामा कार्यरत मजदुहरुलाई खाद्य सामाग्री (चामल) सहयोग हस्तान्तरण गरिएको छ ।
पोखराकी लक्ष्मी गुरुङ, मनकुमारी गुरुङ र कमला गुरुङले १५ वोरा चामल राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश गुरुङ मार्फत उक्त चामल सहयोग हस्तान्तरण गरेका हुन ।
स्वदेश तथा विदेशमा रहेका दाताहरुको सहयोगबाट उक्त सहयोग गरेको लक्ष्मी गुरुङले बताइन् । राखेप सदस्य गुरुङले मे १ तारिख अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा खाद्य सामाग्री सहयोग गरेकोमा धन्यवाद दिए ।
सामाजिक दुरी कायम गरी हाल मजदुरहरुलाई खाजा तथा खानाको व्याबस्था रंगशालामै गरी मजदुहरुलाई रंगशालाको निर्माण काममा लगाएको राखेप सदस्य गुरुङले बताए । उनका अनुसार पोखरा रंगशालमा हाल करिब ६४ जना मजदुहरु विभिन्न खेलकुदका भौतिक निर्माणको योजनामा आवद्ध भएकाछन ।
निर्माणमा जुटिरहेका मजदुरले समयमा लकडाउनका कारण भनेको समयमा निर्माण कम्पनीले रकम दिन नसकेको अबस्थामा हाल उनीहरुलाई राहत उपलब्ध गराउनु परेको राखेप सदस्य गुरुङले जनाए ।
विभिन्न जिल्लाबाट आएका मजदुरुहरुलाई पोखराको फुटवल प्रशिक्षण मैदान, नाला, स्ल्याव, रंगशालाको झाडी फाड्ने देखि रंगशाला सजिसजावटमा परिचालित गरिएको राखेप सदस्य गुरुङले जनाए ।
यसै विच, सहारा हङकङका अध्यक्ष दीपक गुरुङले मजदुहरुको लागि खाद्य सामाग्रि सहयोग गर्ने जनाएकाछन । रंगशालामा कार्यरत मजदुरहरुलाई भोकै बस्न नपरोस भन्दै उनले केही दिन भित्रै खाद्य सामाग्री हस्तान्तरण गर्ने जनाए ।
