गल्फ खेलाडी सुबाश विशेष प्रशिक्षणका लागि अस्ट्रेलियातर्फ

पोखरा स्पोर्टस । नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङ एसिया प्याशिफिक एमेच्योर च्याम्पियनसिप (एएसी)ले सन्चालन गर्ने एएसी एकेडमी प्रशिक्षणमा‌ सहभागी हुन अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

नेपाल गल्फ संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका सदस्यटासी घलेले सुबाशलाई शुभकामना सहित बिदाई गरेका हुन् । सुबाशले जेठ १ देखि ५ गतेसम्म मेलबर्नमा आयोजना हुने बिशेष प्रशिक्षणमा सहभागिता जनाउने छन् । सुबाश हाल विश्व एमेच्योर गल्फ वरीयतामा १८९औं स्थानमा रहेका छन् ।

मेलबर्नमा सुबाशले विज्ञहरुबाट सञ्चालन हुने गल्फ, खेल विज्ञान, फिटनेस लगायतका सेसनमा भाग लिनेछन् । आगामी अक्टोवर महिनामा रोयल मेलबर्न‌ गल्फ क्लबमा आयोजना हुने एसिया प्याशिफिक एमेच्योर च्याम्पियनसिपको तयारीका लागि खेलाडीहरुलाई विशेष प्रशिक्षण प्रदान गर्ने योजनाका साथ एएसी एकेडमी आयोजना गरिएको जनाईएको छ ।

अक्टोवर २६ देखि २९ सम्म रोयल मेलबर्न‌ गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा सुबाश र सदभाव आचार्यले नेपालको प्रतिनिधित्व गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close