गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मञ्चले दियो बधाई

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बधाई तथा शुभकामना दिएको छ ।

मुख्यमन्त्री निवासमा भेट गरी मञ्चले बधाई संगै सफल कार्यकालको लागि शुभकामना दिएको हो । हरेक वर्ष आयोजना गर्ने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको मुख्य संरक्षक समेत रहेका मुख्यमन्त्री पाण्डेले म्याराथनको बारेमा आफू जानकार रहेको बताउँदै प्रदेश सरकार सहयोग गर्न तयार रहेको भेटका अवसरमा बताएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताएका छन् ।

मुख्यमन्त्री पाण्डेले प्रदेशको खेलकुद विकासमा प्रदेश सरकार प्रतिवद्ध रहेको जनाउँदै खेलकुद विकासका लागि मञ्च संग सहकार्य गर्ने समेत बताए ।

सो अवसरमा मञ्चका अध्यक्ष पराजुली, निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङ, संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङ, द्वितिय उपाध्यक्ष खेम बहादुर गुरुङ, महासचिव कृष्ण तिमिल्सिना, सल्लाहकार महेश गुरुङ, कोषाध्यक्ष महेश पौडेल लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close