“दोस्रो मदन भण्डारी रिङ्ग रेस्लिङ्ग महाभिडन्त” सुर्खेतमा

पोखरा स्पोर्टस । “दोस्रो मदन भण्डारी रिङ्ग रेस्लिङ्ग महाभिडन्त” राष्ट्रिय प्रतियोगिता कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने भएको छ ।

७२ औं मदन स्मृति तथा मदन जयन्तीको सन्दर्भमा मदन भण्डारी स्पोर्टस एकेडमीको रिङ रेस्लिङ विभागको आयोजनामा आगामी जेठ १३ गते उक्त प्रतियोगिता हुन लागेको हो । सो बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका उपाध्यक्ष तेज विक्रम बस्नेतले ‘सवैका लागि खेलकुद’ भन्ने नाराका साथ प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगिताहरु आयोजना गर्ने सिलसिलामा उक्त प्रतियोगिता हुन लागेको जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत लाइट वेटतर्फ सिजे वल्र्ड र कम्व्याटको रोचक भिडन्त हुने छ भने महिलातर्फ तन्नु र आकृती भिड्ने छन् । त्यसै गरी ट्याग टिम भिडन्त टुप्पी ग्याङले सुजलको टिम संग तथा एक्स हिरोका विच तथा हार्डकोर भिडन्तमा चट्टान र स्पाइडर म्यान उपाधिका लागि भिड्ने छन् । यता लाइट वेटमा डेभिड र साइनले एक अर्काको सामना गर्नेछन् । यो संगै नुवाकोटे टाइगर र किङ रोर्वोट हेभीवेट तर्फ रोचक भिडन्त हुनेछ ।

विश्वमा मात्रै नभई नेपालमा समेत रिङ रेस्लिङ खेलको सबै उमेर समुहकाहरु विच उत्तिकै क्रेज रहेको बताउँदै उपाध्यक्ष बस्नेतले प्रतियोगितामा विभिन्न महिला र पुरुष गरी विभिन्न क्याटोगरीमा प्रतिस्पर्धा हुने जानकारी दिए । प्रतियोगिता अन्तर्गत लाइट वेटतर्फ सिजे वल्र्ड र कम्व्याटको रोचक भिडन्त हुने छ भने महिलातर्फ तन्नु र आकृती भिड्ने छन् । त्यसै गरी ट्याग टिम भिडन्त टुप्पी ग्याङले सुजलको टिम संग तथा एक्स हिरोका विच तथा हार्डकोर भिडन्तमा चट्टान र स्पाइडर म्यान उपाधिका लागि भिड्ने छन् । यता लाइट वेटमा डेभिड र साइनले एक अर्काको सामना गर्नेछन् । यो संगै नुवाकोटे टाइगर र किङ रोर्वोट हेभीवेट तर्फ रोचक भिडन्त हुनेछ ।

प्रतियोगितामा लाइट वेटतर्फको विजेताले नगद रु ५० हजार, ट्याग टिम च्याम्पियनले नगद रु ५० हजार, लेडिज वेट च्याम्पियनले नगद रु ६० हजार, मिडल वेट च्याम्पियनले नगद रु ७० हजार, हार्डकोर च्याम्पियनले नगद रु ७५ हजार र हेभीवेट च्याम्पियनले नगद रु १ लाख ५ हजार प्राप्त गर्नेछन् । सबै विजेतालाई नगदका साथमा मेडल, प्रमाणपत्र च्याम्पियन बेल्ट प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताले कर्णाली प्रदेशवासी खेलप्रेमीहरुको ध्यान आकृष्ट गर्न सफल हुने संगै कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको प्रचार प्रसारमा समेत सहयोग पुग्ने विश्वास लिएको बताउँदै उपाध्यक्ष बस्नेतले खेलमार्फत पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने जनाएका छन् ।

प्रतियोगितामा दर्शकहरुका लागि प्रवेश निशुल्क रहेको आयोजकले जनाएको छ ।

कर्णाली खेलकुद परिषद विकास परिषदका उपाध्यक्ष प्रमोद हमालको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा एकेडेमीका उपमहासचिव सुवर्ण श्रेष्ठ, सचिव सन्जु महर्जन, मदन भण्डारी फाउन्डेशनका केन्द्रिय सदस्य टिका विष्ट लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close