
पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङ पोखरा महानगर पालिकाको सल्लाहकारमा मनोयनन भएका छन् ।
गुरुङलाई १० औं कार्यपालिकको बैठकले सल्लाहकारमा मनोनयन गरेको हो ।
प्रदेश खेलकुद परिषद गण्डकीका संस्थापक सदस्य सचिव समेत रहेका गुरुङलाई महानगरले विज्ञको रुपमा सल्लाहकारको रुपमा मनोनयन गरेको हो ।
पोखरा १६ अर्मला निवासी गुरुङ ह्याण्डबल संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पनि हुन् । गुरुङ बगर भाई खलक र सहारा क्लव पोखराका सल्लाहकार समेत हुन् ।
गुरुङ लामो समयदेखि समाजसेवा तथा शिक्षा क्षेत्रमा समेत उत्तिकै क्रियाशील रहेका छन् ।

