नवौं राष्ट्रिय खेलकुदका विजेता खेलाडीहरुले १ करोड ४२ लाख पाए

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनु पर्ने नगद पुरस्कार वापत हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको खातामा पठाइ सकेको जनाएको छ ।

८ सय ४० स्वर्णका लागि जम्मा १ करोड ५६ लाख ४० हजार रुपैयाँ दिनु पर्नेमा हालसम्म ७ सय ६४ स्वर्ण पदकका लागि हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ खेलाडीकै खातामा पठाएको जनाएको हो ।

राखेपअन्तर्गत आर्थिक प्रशासन शाखाका अनुसार ७६ स्वर्णका लागि १४ लाख २० हजार रुपैयाँ वितरण गर्न बाँकी छ । खेलाडीको खाता यकिन गर्न कठिनाइ भएकोले पुरस्कार रकम निकासामा समस्या भएको राखेपले जनाएको छ ।

हालसम्म नगद पुरस्कार प्राप्त गर्न असमर्थ खेलाडीले आर्थिक प्रशासन शाखाको ०१–५३५०८८७ वा ९८४४३९६८८५ मा सम्पर्क गरी बुझ्न सकिने राखेपले जनाएको छ ।

खेलाडीहरुले पुरस्कार वापत आफूहरुले रकम नपाएको भन्दै केही समय सामाजिक सञ्जालहरुमा समेत गुनासो पोख्न थालेका थिए । यति मात्रै नभई गत कार्तिकको पहिलो साता सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा पोखराका धेरै व्यवसायीहरुले समेत रकम समयमा नपाएको गुनासो गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close