
पोखरा स्पोर्टस । विश्व वातावरण दिवसको अवसरमा पोखरामा १० किमि पुरुष दौड हुने भएको छ ।
पोखरा फिजिकल फिटनेस सेन्टरले उक्त दौड प्रतियोगिता आगामी जेठ २२ गते आयोजना गर्ने भएको हो । सो बारे जानकारी दिंदै उक्त सेन्टरका सञ्चालक सन्दिप विकले यूवाहरुलाई खेलकुदमा प्रोत्सहान गर्न दौड प्रतियोगिता आयोजना गरिएको बताए ।
सोही दिन आफ्नो जन्म दिन समेत परेकोले जन्म दिनलाई समेत खेलकुदका माध्यमबाट मनाउने गरी प्रतियोगिता आयोजना गरिएको विकले पोखरा स्पोर्टसलाई बताए । विगतमा समेत दौड प्रतियोगिता गर्दै आएको उक्त संस्थाले कोभिडका कारण स्थगित गरेको थियो ।
दौड प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र चौथो हुनेलाई क्रमश नगद २० हजार, १५ हजार, १० हजार ५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
