गण्डकी बक्सिङको अध्यक्षमा मर्सानी र महासचिवमा क्षेत्री सर्वसम्मत चयन

पोखरा स्पोर्टस । गण्डकी प्रदेश बक्सिङ संघको प्रथम अधिवेशनले अध्यक्षमा विद्या प्रसाद मर्सानी र महासचिबमा खगेन्द्र क्षेत्रीलाई सर्वसम्मत चयन गरेको छ ।

पोखरामा आइतबार सम्पन्न प्रथम अधिवेशनले उनीहरु संगै १५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । आगामी चार वर्षका लागि निर्वाचित अन्य पदाधिकारी प्रथम उपाध्यक्षमा नरेश भट्टराई (कास्की), द्वितिय उपाध्यक्षमा सनी केसी (बाग्लुङ), महासचिवमा खगेन्द्र क्षेत्री (पर्वत), सचिबमा भरत पराजुली (कास्की) र कोषाध्यक्षमा सुमन श्रेष्ठ (कास्की) रहेका छन् ।

त्यस्तै कार्यसमिति सदस्यमा सविन गुरुङ (लम्जुङ), पहल शाही (तनहुँ), दल बहादुर राना (नवलपुर), राजेन्द्र रोका (बाग्लुङ), उमा महेश घिमिरे (कास्की), पुजन शाक्य (कास्की), ऋषीसरा थापा (कास्की), विमल परियार (स्याङजा) र रमेश थापा (कास्की) रहेका छन् ।

यस अघि अघिवेशनको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले गण्डकी प्रदेश खेलकुदको गर्विलो इतिहास लाई जोगाइ राख्न सबै खेलप्रेमीहरु एक जुट हुुनुपर्ने बताए । उनले पोखरा रंगशालामा अधुरो निर्माणका कार्यहरु रहेको तर्फ इंगित गर्दै सबैको साथ र सहयोगमा निर्माण सम्पन्न हुनेमा विश्वास व्यक्त गरे ।

नेपाल बक्सिङ संघका उपाध्यक्ष गणेश बहादुर भट्टराईले सरकारले खेलकुदको स्वयंसेवीहरुको भावनाको सहि पहिचान गर्न नसक्दा खेल क्षेत्र पछि परेको बताए । उनले खेलकुदमा लगानी बढाउनु पर्ने कुरामा जोड दिंदै बक्सिङ खेलको विकासका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको औंल्याए ।

संघका तदर्थ समितिका अध्यक्ष समेत रहेका मर्सानीको अधयक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल बक्सिङ महासंघका केन्द्रिय सदस्य राजेन्द्र पाहारी, गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले समेत आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close