
पोखरा स्पोर्टस । १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गण्डकीको छात्रा भलिबल टिम सेमीफाइनलमा प्रवेश गरेको छ ।
गण्डकीले आफ्नो समुहमा दुईमा जित र एकमा हार व्यहोर्दै सेमीफाइनलको यात्रा तय गरेको हो । शनिबार सम्पन्न लिगको अन्तिम खेलमा सुदुर पश्चिमलाई २५–१६, २५–१७ ले जित्दै सेमीफाइनमा स्थान पक्का गरेको हो ।
आज नै भएको एक अर्को खेलमा गण्डकीले कोशी लाई पराजित गरेको छ । कोशी विरुद्धको खेलमा गण्डकीले २५–२० र २५–१३ ले सहज जित निकालेको छ ।
तर बागमती प्रदेश संग भने गण्डकी पराजित भएको थियो ।
गण्डकीको छात्रा टिमले सेमीफाइनल लुम्विनी संग आइतबार खेल्ने प्रदेश खेलकुद परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए ।
यस अघि गण्डकी प्रदेशको छात्र टिम समेत सेमीफाइनलको यात्रा तय गरेको छ । छात्र टिम समेत लुम्विनी संग सेमीफाइनलमा भिड्ने छ ।
