
पोखरा स्पोर्टस । पोखराका स्पन्दन उदास साउथ एसिया रिजनल टेनिसको लागि छनोट भएका छन् ।
बैशाख ७ गते सम्पन्न भएको नेपाल टेनिस एसोसिएसनले आयोजना गरेको यु–१२ ब्वाइज टेनिसबाट उनी उत्कृष्टताको आधारमा छनौटमा परेका हुन् ।
उनले अब आगामी जेष्ठ २ देखि ६ गते सम्म बंगलादेशको ढाकामा आयोजना हुने आइटिएफ साउथ एसिया टिममा प्रतिस्पर्धा गर्न नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन् ।
उनीसँगै सो प्रतियोगितामा भाग लिन काठमाडौंका असभ सम्राट हाडा र युभेनमान श्रेष्ठ पनि ढाका जाँदै छन् ।
पोखराको गण्डकी बोर्डिङमा कक्षा ७ मा अध्ययनरत उनी पोखरा महानगरपालिका वडा ३ का स्थानीय हुन् । सानै उमेर देखिनै टेनिस खैल्दै आइरहेका उनले राष्ट्रिय स्तरका प्रतियोगितामा समेत सफलता प्राप्त गर्दै आइरहेका छन् ।
