प्रदेश खेलकुद परिषद गण्डकीको टोली अन्तर प्रदेश भ्रमणमा

पोखरा स्पोर्टस् । प्रदेश खेलकुद परिषद गण्डकीको टोली अन्तर प्रदेश भ्रमणमा निस्किएको छ ।

५ दिनको भ्रमणका लागि परिषदको टोली आइतबार पोखराबाट हिंडेको हो । टोलीले लुम्विनी, कर्णाली र सुदुर पश्चिम प्रदेशको भ्रमण गर्ने भएको परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिएका छन् ।

परिषदका सदस्य सचिव घनश्याम पौडेलको नेतृत्वमा भ्रमणमा हिंडेको टोलीले अन्तर प्रदेशमा भइरहेका खेलकुद गतिविधि, पूर्वाधार निर्माणलगायतका विषयमा जानकारी लिने संगै तिनै प्रदेशका खेलकुद मन्त्री, सदस्य सचिवहरु संग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

“परिषद गठन पछि हामी पहिलो पटक अन्तर प्रदेश भ्रमणमा निस्किएका हौं” परिषदका सदस्य तथा भ्रमण टोलीका संयोजक गिरमान गुरुङले भने–“यो भ्रमणले प्रदेश खेलकुदहरु संग सम्वन्ध विस्तार संगै सिकाईहरु आदान प्रदान गर्न समेत सहयोग मिल्ने छ ।”

भ्रमण टोलीमा परिषदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ र ऋषीराम गौतम, परिषदका सदस्यहरु योगेन्द्र शेरचन,  बासु वराल, चन्द्रा घले गुरुङ, विष्णु माया गुरुङ, जिल्ला खेलकुदका अध्यक्षहरु तोरण बानियाँ, शान्त सिंह बस्नेत, र सेत बहादुर पुन रहेका छन् भने लेखा प्रमुख निलकण्ठ ढकाल पनि टोलीमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close