
पोखरा स्पोर्टस । नेपाली खेलकुदमा विशिष्ट योगदान पुर्याएका नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठसहित ओलम्पियन दिपक विष्ट तथा खेलकर्मीहरु शुक्रबार विभूषित भएका छन् ।

उनीहरुलाई राष्ट्रपती निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभुषित गरेका हुन् । सरकारले संविधान दिवसका अवसरमा गत असोज ३ गते मानपदवी, अलङ्कार र पदकबाट विभूषित हुनेहरुमा खेलाडी र खेलकर्मीलाई समेत् समेटेको थियो ।
जनसेवा श्री पदकबाट विभुषित हुनेहरुमा एनओसी महासचिव श्रेष्ठ, ओलम्पियन विष्ट, भलिबलकी कप्तान अरुणा शाही, भलिबल प्रशिक्षक जगदिश भट्ट, पारा तेक्वान्दोकी पलेशा गोवर्द्धन, एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठलगायत रहेका छन् ।
त्यसै गरी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा ४ स्वर्ण पदक जितेकी तथा ओलम्पियन समेत रहेकी पौडीकी गौरिका सिंह र प्रकाश कठायत राष्ट्रदीपबाट विभूषित हुनेमा छन् ।
