भारतीय क्रिकेटर अमित मिश्राले क्रिकेटबाट लिए सन्यास

पोखरा स्पोर्ट्स । भारतीय क्रिकेटर अमित मिश्राले क्रिकेटबाट सन्यास लिएका छन् । ४२ बर्षिय अमित मिश्राले आफ्नो खेल क्यारियरको २५ बर्षपछि क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

उनले सन्यासको घोषणा गर्दै भनेका छन्- ‘आज, २५ वर्षपछि, म क्रिकेटबाट सन्यासको घोषणा गर्दछु । यो खेल मेरो पहिलो प्रेम, मेरो शिक्षक र खुशीको सबैभन्दा ठूलो स्रोत भएको छ। यो यात्रा अनगिन्ती भावनाहरूले भरिएको छ ।’

अमित मिश्राले भारतका लागि २२ टेस्ट खेल खेलेका छन् । यसमा उनले ७६ विकेट लिएका छन् । उनले ३६ एकदिवसीय खेलमा ६४ विकेट लिएका छन्, जबकि उनले १० टी-२० खेलमा १६ विकेट लिएका छन् । त्यस्तै उनले १६२ आईपीएल खेल खेलेका छन्, जसमा उनले १७४ विकेट लिएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close