
पोखरा स्पोर्टस । विभागीय टोली नेपाल एपीएफ क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरे संगै अन्तिम चारमा पुग्ने टिमको समेत छिनोफानो भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको अन्तिम खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई २३–२५, २५–१८, २५–१२ र २५–२१ ले पराजित गर्दै सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको हो ।
प्रतियोगितामा एपीएफसहित ३ विभागीय टोली सहभागी भएकोमा नेपाल आर्मी र नेपाल प्रहरीले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । गण्डकी प्रदेश पनि सेमिफाइनलमा पुगिसकेको छ ।
भोली शुक्रबार हुने पहिलो सेमिफाइनलमा एपीएफको भेट आर्मीसंग हुनेछ भने दोश्रो सेमिफाइनल प्रहरी र गण्डकीबीच हुनेछ ।
