
पोखरा स्पोर्टस । कास्की बास्केटबल संघले विद्यार्थी लक्षित ‘बास्केटबल ट्यालेन्ट हन्ट’ सुरु गरेको छ ।
विशेष गरी हालै एस.ई.ई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी उक्त कार्यक्रम सुरु गरेको हो । उक्त कार्यक्रम मार्फत यूवा बास्केटबल प्रतिभाहरुको छनौट गरिने कास्की बास्केटबल संघका अध्यक्ष धोज कुमार गुरुङले जानकारी दिए ।
१४ देखि १८ वर्ष उमेर समुहमा सहभागिता जनाउन सकिने उक्त ट्यालेन्ट हन्टले यूवा खेलाडी उत्पादनमा सहयोग पुग्ने प्रदेश खेलकुदका उपाध्यक्ष समेत रहेका गुरुङले पोखरा स्पोर्टसलाई बताए ।
पोखरा रंगशालामा सञ्चालन हुने ‘बास्केटबल ट्यालेन्ट हन्ट’ चैत्र २७ देखि २०८० जेठ २७ सम्म २ महिनाका लागि सञ्चालन गरिनेछ । उक्त कार्यक्रममा सहभागि हुन चाहनेहरुका लागि ३ हजार शुल्क समेत तोकिएको संघले जनाएको छ ।
