
पोखरा स्पोर्टस । पोखरामा सम्पन्न आर्चरी खेल सम्वद्धहरुको भेलाले पोखरा महानगर आर्चरी संघ गठन गरेको छ ।
नेपालको खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास ऐन २०७७ अनुसार संघ गठन गरिएको हो । आइतबार पोखरा रंगशालामा सम्पन्न भेलाले दिपक तुलाचनको अध्यक्षतामा सात सदस्यको कार्य समिती गठन गरिएको आर्चरी संघका जिल्ला अध्यक्ष योगेन्द्र शेरचनले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

यसै गरी कार्यसमितिको उपाध्यक्षमा चित्र रोका मगर, सचिबमा पुर्णमान लालचन कोषाध्यक्षमा उमेश तुलाचन र सदस्यहरुमा बिकल थकाली, बिष्णु माया लिम्वु र अनुश्का शेरचन रहेका छन् ।
संयोजक चित्र रोका मगरको अध्यक्षतामा भएको भेलामा नेपाल आर्चरी संघका वरिष्ठ उपाध्यक्ष बसन्त थकाली, पोखरा महानगर पालिका खेलकुद विकास समितीका सदस्य सचिब सुवास खड्का, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य एवं कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचन लगायत ३५ जनाको सहभागिता रहेको थियो ।
