
पोखरा स्पोर्टस । नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक सेन्ट्रल कन्ट्रयाक्टमा परेका गण्डकी प्रदेशका खेलाडीहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीले पोखरामा बुधबार एक कार्यक्रम गरी उक्त कार्यक्रम सम्पन्न गरेको हो । यहि अक्टोबर १ तारिखबाट लागु हुने गरी सेन्ट्रल कन्ट्रयाक्टमा परेका खेलाडीहरुमा अर्जुन कुमाल, दिपक डुम्रे, सुभाष भण्डारी तथा महिला खेलाडीहरुमा कुशुम गोदार र सिर्जना पौडेल रहेका छन् ।

सेन्ट्रल कन्ट्रयाक्टमा परेका खेलाडीहरुले मासिक जनही १५–१५ हजार नगद भत्ता प्राप्त गर्ने गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।
क्यान इर्मजिङ्ग सेन्ट्रल कन्ट्रयाक्टमा गण्डकीका विपिन खत्री र सृष्टि पौडृेल र ज्योत्सिन्का मरासीनी रहेका छने उनीहरुले एक वर्ष अघि नै सम्झौता गरिसकेका छन् । उनीहरुले मासिक २०–२० हजार प्राप्त गर्दै आएका छन् ।
सो कार्यक्रमममा आफ्ना भनाई राख्दै पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले नेपालमा क्रिकेटको क्रेज बढ्दै गएकोमा खुसी व्यक्त गर्दै गण्डकी प्रदेश समेत क्रिकेटको सम्भावना भएको खेल भएको बताउँदै खेलाडीहरुका लागि उज्जवल भविष्य भएको खेल भएको बताए ।
उनले भने–“म यहाँहरुलाई हौसला दिन आएको हुँ । खेलकुदको माध्यमबाट एकताको सन्देश दिन पनि खेल महत्वपूर्ण छ । खेलेर पनि बाँच्न सकिन्छ भन्ने सन्देश क्रिकेटले दिएको छ । यो अर्को महत्वपूर्ण विषय हो । सन २०२७ मा हुने महिला विश्वकपका लागि आवश्यक तयारीमा जुट्न म आग्रह गर्छु । पोखरा महानगर सहयोग गर्न तयार छ ।”
कार्यक्रममा आफ्ना भनाई राख्दै गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सिग्देलले खेलाडीहरुलाई टिकाई राख्न खेलाडीहरु सेन्ट्रल कन्ट्रयाक्ट महत्वपूर्ण रुपमा कडिको रुपमा रहेको जनाउँदै गण्डकीबाट ५–५ जना खेलाडीहरुले त्यो अवसरका प्राप्त गर्नु उपलव्धि भएको जनाए । उनले भने–“क्रिकेटमा क्रेज बढ्दै गएको छ । हामी संग राष्ट्रियस्तरका खेलाडी समेत छन् । तर उनीहरुलाई क्रिकेटमा जोगाई राख्न क्यानले अघि सारेको कार्यक्रम फलदायी हुनेमा हामी विश्वस्त छौं ।”
कार्यक्रममा प्रादेशिक क्रिकेट संघका कोषाध्यक्ष दिवाकर थापा, गण्डकी प्रादेशिक क्रिकेट टिमका प्रशिक्षक रिजन प्रजुलगायतले आफ्ना भनाई राख्दै एनपिएलमा गण्डकीका ५ जना खेलाडीहरु विभिन्न टिममा समावेश भएको बताए । सो अवसरमा विभिन्न जिल्लाका प्रशिक्षकहरुलाई यूवा खेलाडी उत्पादनमा सहजताका लागि प्रशिक्षण सामाग्री हस्तान्तरण गरिएको थियो ।
