न्यौपानेको अध्यक्षतामा बेसबल तथा सफ्टबल तदर्थ समिति गठन

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद्ले दीपक न्यौपानेको अध्यक्षतमा परिषदमा दर्ता रहेको नेपाल बेसबल तथा सफ्टबल संघको १९ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

संघले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को दफा ७ को खेल संघ स्थापना सम्वन्धी मापदण्ड पुरा गरि ३ (तीन) महिना भित्र विधान मस्यौदा तयार गरि परिषद्को स्विकृतीमा साधारण सभा तथा निर्वाचन गर्नु पर्ने छ ।

तदर्थ समितिको बरिष्ठ उपाध्यक्षमा प्रदीप कुमार खत्री, चार उपाध्यक्षमा बिपिन बज्राचार्य, रमिता अधिकारी, राम कुमार खड्का र नारायण घर्ती रहेका छन् ।

यस्तै महासचिवमा प्रदीप शाह र कोषाध्यक्षमा उपेन्द्र विक्रम लामा रहेका छन् । सदस्यहरुमा संगम अर्याल, दामोदर फुयाल, सुरेन्द्र थपलिया, शिव कुमार खड्का, तिलक ढुंगाना, रोशन थापा, सृजना पौडेल खत्री, निरोज श्रेष्ठ, हरी धमला र दिपेन्द्र कार्की रहेका छन् ।

राखेपले खेलकुद विकास ऐन अन्तर्गत तदर्थ समिति गठन गरेको भए पनि केही महत्वपूर्ण खेल संघका अन्तर्राष्ट्रिय महासंघहरुले मान्यता नदिने भन्दै नेपाल ओलम्पिकलाई पत्रचार समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close