लुम्विनी पिस हाफ म्याराथन ऐतिहासिक हुनेछ– अध्यक्ष आचार्य

पोखरा स्पोर्टस । जननेता मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी स्पोर्टस एकेडेमीले आयोजना गर्न लागेको लुम्बिनी पिस हाफ म्याराथन ऐतिहासिक हुने संस्थाका अध्यक्ष ध्रुव आचार्यले गरेका छन् ।

प्रतियोगिताको पूर्व सन्ध्यामा पोखरा स्पोर्टस संग कुरा गर्दै प्रतियोगिता ऐतिहासिक हुने बताएका हुन् । “शान्ती र समृद्धि” भन्ने नाराका साथ हुने लुम्विनी पिस हाफ म्याराथनमा २ हजार ५ सय भन्दा वढिको सहभागिताले पनि यो ऐतिहासि हुने उनको भनाई थियो । “हामीले अन्तर्राष्ट्रिय खेलकुद दिवसलाई समेत मध्यनजर गर्दै यो प्रतियोगिता आयोजना गर्दै छौं । ७७ वटै जिल्लाबाट, हिमाल देखि तराई, पूर्व मेची देखि महाकाली सम्मका खेलाडीहरु यो प्रतियोगितामा सहभागिताका लागि आएका छन्, त्यसैले पनि यो ऐतिहासिक बनेको छ,” अध्यक्ष आचार्यले भने ।

चैत्र २३ गते विहान एकेडेमीका संरक्षक तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त हाफ म्याराथनका लागि सम्पूर्ण तयारी पुरा भएको जनाउँदै अध्यक्ष आचार्यले खेलकुद मार्फत शान्तीका अग्रदुत लुम्बिनीबाट शान्तीको सन्देश फैलाउने गरी एकेडेमीले आफ्ना कार्यक्रम अघि सारेको बताए । उनले भने–“हामी जन जनमा घर घरमा खेलकुदलाई पुर्याउन मात्रै होइन विश्वमा शान्तीको सन्देश समेत प्रवाहित गर्न हामीले कार्यक्रम आयोजना गरेका हौं ।” अहिले खेलकुद शान्तीको सन्देशका लागि प्रमुख साधन रहेको बताउँदै राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा समेत यसको गहिरो सम्वन्ध रहेको बताए ।

मुलुकको खेलकुदको अवस्था संगै खेलाडीको अवस्थाका बारेमा चिन्ता व्यक्त गर्दै एकेडेमीले खेलाडीको हित र खेलकुदको विकासका लागि दृढ भएर अघि बढ्ने बताउँदै अध्यक्ष आचार्यले जन्म देखि मृत्यूको अवस्था सम्म खेलकुद भन्ने विषय सबै संग गाँसिएको र सामाजिक रुपमा समेत सबैको मन मनमा बस्ने महत्वपूर्ण विषय खेलकुद नै रहेको बताए । खेल रोजगार, समृद्धि, पर्यटनलगायत यावत संग जोडिएकोले पनि खेलकुदको महत्व अझै वढि रहेको बताए । खेलपर्यटन र खेल संस्कृतिको सन्देश लुम्बिनी बाटै दिनु पर्छ भन्ने भनाईका साथ एक वर्ष अघि हामीले निर्णय गरेको कुरालाई चैत्र २३ गते आयोजना गर्ने गरी अन्तिम चरणमा पुगेको उनले उल्लेख गरे ।

हाफ म्याराथन संगै हुने राष्ट्रिय भेलाले देशव्यापी रुपमा नयाँ सन्देश बोकेर जाने भएकोले पनि खेलकुदलाई व्यवसायीकरण गर्ने गरी नेतृत्वले अघि बढने अध्यक्ष आचार्यले बताए । “हामी खेलकुदमा अझै अभ्यस्त बन्दै खेलकुदको विकास र समृद्धिका लागि अझै वढि गम्भिर भएर अघि बढ्न समेत उत्प्रेरणा जगाउने छ,” उनले भने–“एकेडेमी हरेक क्षेत्रका व्यक्तित्वहरुको समृश्रण समेत रहेकोले खेलकुदलाई घर–घरमा जोड्न यसको छुट्टै महत्व समेत रहेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close