
पोखरा स्पोर्टस । नेपाल भारत द्विपक्षिय महिला टि–२० क्रिकेट सिरिजका लागि खेलाडी छनौट सम्पन्न भएको छ ।
नेत्रहीन क्रिकेट संघ नेपालले एक विज्ञप्ती मार्फत खेलाडी छनौट गरिएको जनाएको हो । आगामी बैशाख १२ र १३ गते पोखरामा र १५ देखि १७ गते सम्म काठमाण्डौमा आयोजना गरिने उक्त सिरिजका लागि १५ सदस्यिय खेलाडी छनौट गरिएको संघका अध्यक्ष पवन घिमिरेले जनाएका छन् ।
छनौट भएका खेलाडीहरुमा मुना अर्याल, रिता थापा, प्रतिभा राई, सरिता घिमिरे, मनकेशरी चौधरी, विमला राई, विनिता पुन, गिता पौेडेल, दिल्लीशरा धमला, सुस्मा तामाङ्ग, विनिता मगर सोमाई, कान्ती योगी, माया लुङ्गगेलि, निशा चौधरी र भगवती भट्टराई रहेका छन् ।
यसै गरी टिमको प्रमुख प्रशिक्षकमा रिजन प्रजु र सहायक प्रशिक्षकमा नहेन्द्र निरौला रहेको नेपाल नेत्रहिन क्रिकेट संघका महासचिव अमृत बरालले जनाएका छन् ।
गत चैत्र १२, १५ र १६ गते गरि तिन दिन सम्म पोखरा रगंशाला स्थित क्रिकेट मैदानमा छनौट कार्यक्रम सम्पन्न गरिएको संघले जनाएको छ ।
उक्त छनौटमा २४ जना नेत्रहीन महिला क्रिकेट खेलाडीले सहभागिता जनाएका थिए । छनौट भएका खेलाडीहरुलाई आगामी दुई साताका लागि बन्द प्रशिक्षणमा राखिने छ । बन्द प्रशिक्षणको लागि अस्ट्रेलियन राजदुतावास तथा विभिन्न संघ संस्थाहरुको सहयोग गर्ने भएका छन् ।
