पोखराको अर्मलामा श्री पञ्चमी मेलामा पर्वतिय दौड हुने

पोखरा, हिन्दुहरुको पर्व श्री पञ्चमीको अवसरमा पोखरा महानगर पालिका १६ अर्मलामा स्थानिय दुर्गा युवा क्लबको आयोजनामा यहि माघ १६ गते पर्वतिय दौड हुने भएको छ ।

मेलाको अवसरमा पुरुष भलिवल तथा ठेलो प्रतियोगिता समेत हुने अध्यक्ष गंगा बहादुर गुरुङले जानकारी दिएका छन ।

विशेष आर्कषणका रुपमा रहेको पर्वतिय दौड पोखरा १६ स्थित के आई सिंह पुल, दिप बाट शुरु हुने जनाइएको छ । १२ किलोमिटर पर्वतिय दौड सुन्दरफिड चोक, बाटुलेचौर, महेन्द्र गुफा, घार्मी खोला, अर्मला डिही, डाँडा बिसाउना हुँदै अर्मला कोटमा पुगेर सम्पन्न हुनेछ ।

पर्वतिय दौडमा प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश नगद १५ हजार, १० हजार र ५ हजार नगदका साथमा मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । पर्वतिय दौडमा १ सय भन्दा वढी धावकको सहभागिता रहने जनाइएको छ ।

यसै गरि सोही कार्यक्रम अन्तरगत अर्मलाकोट श्री सिता आधारभुत विद्यालयको खेल मैदानमा पुरुष भलिबल समेत हुने भएको छ । पुरुष भलिबलमा प्रथम र द्वितिय हुनेले क्रमश नगद ४० हजार र २५ हजारका साथमा कप, मेडल र ट्रफी प्राप्त गर्नेछन । प्रतियोगितामा १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

श्री पञ्चमीकै अवसरमा अर्मलामा परम्परागत रुपमा हुँदै आएको ठेलो हान्ने प्रतियोगिता समेत हुनेछ । प्रतियोगितामा १६ वर्ष मुनी र सो भन्दा माथीका दुई अलग–अलग प्रतियोगिता हुने क्लबले जनाएको छ । विजेताले नगद ३ हजार प्राप्त गर्नेछन ।

अर्मलामा सदियौं देखि श्री पञ्चमी मेला हुँदै आएको छ । माघ १४ गते बाट शुरु हुने मेला अन्तरगत अर्मलाको शक्ती पिठ मौदुमा गाउँले महिलाहरुले माघ १५ गते साँझ पुजा गर्ने चलन रहेको स्थानिय जुम प्रसाद गुरुङले बताए । उक्त शक्ती पिठमा पञ्चमीको दिन वलि समेत दिइने प्रचलन रहेको छ ।

अर्मला कोटमा अवस्थित श्री सिता आधारभुत विद्यालयको वार्षिकोत्सवका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत हुने भएका छन । गण्डकी प्रदेश सरकारले अर्मलालाई गत वर्षनै होम स्टेको रुपमा घोषणा समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close