दुवाथलन तर्फको उपाधी युएईका साउद र भारतकी स्नेहललाई

पोखरा स्पोर्टस । नेपाल ट्राइयाथलन संघको आयोजनमा पोखरामा सम्पन्न दुवाथलन तर्फको उपाधी युएईका साउद अलजावी र महिला तर्फको उपाधी भारतकी स्नेहल सुनिल जोशीले हात पारेका छन् ।

२०२३ एशियन ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत भएको दुवाथलन खेलमा साउदले ५ कि.मी. दौड, २० कि.मी. साईक्लिङ्ग र २.५ कि.मी. दौडको दुरी ५९ मिनट २७ सेकेन्ड र जोशीले १ घन्टा १२ मिनट १९ सेकेन्डमा पुरा गर्दै उपाधी जितेका हुन् ।

पुरुष तर्फ नेपालका हिमाल टमाटाले ५९ मिनट ४७ सेकेन्ड र बशन्त थारुले १ घन्टा २ मिनट ९ सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः दोश्रो र तेश्रो स्थान हात पारे । महिला तर्फ भारतकी संजना सुनिल जोशी १ घन्टा १३ मिनट २५ सेकेन्ड समयका साथ दोश्रो र नेपालकी हुमी बुढा मगर १ घन्टा १४ मिनट ३० सेकेन्ड समयका साथ तेश्रो भए ।

बिजयी खेलाडीहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पूर्व गण्डकी प्रदेश साँसद दीपक कोईराला, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं ट्राइयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, कास्की जिल्ला खेलकुद विकास समितिका डि.बि.नेपाली, पत्रकार केशव पाठक लगायतले विजयी खेलाडीहरुलाई मेडल, पुष्प गुच्छा र प्रमाण पत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close