
पोखरा स्पोर्टस । पोखरामा शनिबार सम्पन्न एसियन ट्राइयाथलन कपको उपाधि पुरुषतर्फ लक्जम्बर्गका बब हलर र महिला तर्फ स्लोभाकियाकी स्लोभाकियाकि माग्ररिटा विकानोभाले जितेका छन् ।

पुरुष तर्फ भएको प्रतिस्पर्धामा लक्जम्बरका बब हलरले ७.५ किलोमीटर पौडी ९ मिनेट ६ सेकेन्ड, २० किमि साइक्लिङ २८ मिनेट १६ सेकेन्ड र ५ किमि दौड १७ मिनेट १३ सेकेन्ड गरि कुल निर्धारित दुरि ५५ मिनेट ५५ सेकेन्डमा पुरा गर्दै पहिलो भएका हुन ।
यस्तै उज्वेकिस्तानका एलेक्सान्द्र कुरीशोभ २ सेकेन्डले पछि पर्दै दोश्रो भए । उनले पौडी ८ मिनेट ५८ सेकेन्ड , साइक्लिङ २८ मिनेट १५ सेकेन्ड र दौड १७ मिनेट १२ सेकेन्डमा पूरा गर्दै कुल ५५ मिनेट ५७ सेकेन्डमा पूरा गरे ।
लक्जम्बर्गका स्टेफन जाचाउसले पौडी ९ मिनेट ३ सेकेन्ड, साक्लिङ २८ मिनेट १५ सेकेन्ड र दौड १७ मिनेट १८ सेकेन्ड गरि कुल ५६ मिनेट १ सेकेन्डमा पूरा गर्दै तेस्रो भए । जापानका क्योटारो योसिकावाले समग्रमा ५६ मिनेट ९ सेकेन्डमा पूरा गर्दै सान्त्वना स्थान हासिल गरे ।
यता महिलातर्फको एसियाकपको उपाधि स्लोभाकियाकी माग्ररिटा विकानोभाले १ घन्टा ४ मिनेट ५१ सेकेण्डमा दुरी पार गरी जित्दा जापानकी मिनेरी इकिनोले १ घन्टा ५ मिनेट १८ सेकेण्डमा दुरी पार गरी उपविजेता बन्न सफल भएन भने तेश्रो स्थान जापानकै चिसालो नाकाजिमाले १ घन्टा ५ मिनेट ३० सेकेण्डमा दुरी पार हुन सफल भइन ।
साउथ एसिया कप च्याम्पियनसिप इलाइट पुरुष तर्फ भारतका आदर्श मुरारिधर नाइर सिनिमोलले पौडी ११.०१ , साइक्लिङ ३२.५८ र दौड १८.४८ गरि कुल १ घण्टा ४ मिनेट १६ सेकेन्डमा दुरि पुरा गरे ।
भारतकै विश्वनाथ यादवले पौडी ११.२३, साइक्लिङ ३३.२३ र दौड २०.०२ गरि कुल १ घण्टा ६ मिनेटमा २५ सेकेन्डमा पूरा गर्दै दोस्रो भए नेपालका वसन्त थारुले पौडी १३.१८, साइक्लिङ ३१.४८ र दौड १९.५५ गरि कुल १ घण्टा ६ मिनेट ५२ सेकेन्डमा दुरि पूरा गर्दै तेस्रो भए ।
साउथ एसिया कप च्याम्पियनसिप इलाइट महिलातर्फ प्रज्ञा मोहन प्रथम, भारतकी मान्सी मोहित दोश्रो र नेपालकी श्रेवी महर्जन तेश्रो भएकी छन् ।
नेपाल तर्फको राष्ट्रिय ट्राइयाथलन इलाइट पुरुष तर्फ वसन्त थारु प्रथम भए । थारुले पौडी १३.१८, साइक्लिङ ३१.४८ र दौड १९.५५ गरि कुल १ घण्टा ६ मिनेट ५२ सेकेन्डमा दुरि पूरा गरे । दिपेश चौधरीले पौडी ११.३१, साइक्लिङ ३४.५२ र दौड २०.५९ गरि कुल १ घण्टा ९ मिनेट १७ सेकेन्डमा दुरि पूरा गर्दै दोस्रो भए । मौलिक महर्जनले पौडी १२.०३, साइक्लिङ ३५.१४ र दौड २२.०३ गरि कुल १ घण्टा ११ मिनेट ३ सेकेन्डमा पूरा गर्दै तेस्रो भए ।
यता महिलातर्फको राष्ट्रिय प्रतिष्पर्धामा श्रेवी महर्जन प्रथम भइन भने केशरी थापा मगर दोश्रो भएकी छन् ।
साउथ एसिया पुरुष जुनियरतर्फ भारतको वर्चश्व रह्यो । पहिलो, दोश्रो र तेश्रो स्थान सबै पदकमा भारतले कव्जा गर्न सफल भयो । भारतका खुन्द्राक्पाम पहिलो, पर्थ मिराज दोश्रो र श्रिदथ सुधिर तेश्रो भए । यता जुनियर महिलातर्फ भारतकी सन्जना सुनिल जोशी पहिलो भइन भने नेपालकी श्रेवी महर्जन दोश्रो र भारतकी देविका शर्मा तेश्रो भइन् ।
प्रतियोगितामा १९ राष्ट्रका पुरुष ४७ र महिल १९ गरी ६५ खेलाडीहरुको सहभागिता सहभागिता रहेको थियो ।
बिजयी खेलाडीहरुलाई गण्डकी प्रदेश साँसद प्रकास बराल, पूर्व साँसद दीपक कोईराला, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, महासचिव युवराज सुनुवार, टेक्निकल डेलिगेट प्रभाकर, पुर्व दक्षिण एशिया च्याम्पियनसिपकी बिजेता एवं भारती प्रशिक्षक पुजा चौरसिया लगायतले पुरस्कार वितरण गरेका थिए ।
