नेपाल ह्याण्डबल संघको अधिवेशन स्थगित

पोखरा स्पोर्टस । नेपाल ह्याण्डबल संघको अधिवेशन स्थगित भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गठन गरेको तदर्थ समितिले यहि बैशाख २३ गतेका लागि बोलाएको अधिवेशन स्थगित गरिएको हो । नेपाल ह्याण्डबल संघका महासचिव सन्देश रेग्मीले राखेपलाई लाई गरेको पत्राचारमा कोशी प्रदेशको उदयपुर जिल्लाले कोशी प्रदेश ह्याण्डबल संघ गठनमा असहमति जनाएकोले अधिवेशन स्थगित गर्नु परेको उल्लेख गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषदले गत २०७९ फागुन ३ गते विश्ववम मल्लको अध्यक्षतामा १७ सदस्यिय तदर्थ समिति गठन गरेको थियो । समिति गठन लगतै अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आइएचएफ)ले असहमती जनाउँदै नेपाल ओलम्पिक कमिटिलाई पचाचार गरी राखेपद्वारा गठित तदर्थ समितिलाई मान्यता नदिने पत्रमा स्पष्ट पारेको छ । महासंघले दुई–दुई पटक सम्म ओलम्पिकलाई लेखेको पत्रमा ओलम्पिककै उपस्थितीमा अधिवेशन सम्पन्न गर्नुपर्ने सर्त समेत राखेको छ । महासंघले यथासिघ्र स्वतन्त्र तदर्थ कमिटि गठन गरी निर्वाचन गराउन भनेको छ साथै उक्त स्वतन्त्र कमिटिमा रहेकाहरु उम्मेदवार हुन नपाउने प्रावधान समेत स्पष्ट पारेको छ ।

अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघले मान्यता नदिने जनाए संगै उठेको विवाद तत्कालका लागि समाधान भए पनि ओलम्पिक कमिटिले ह्याण्डबलको विवाद समाधान गर्न आफूहरु प्रयासरत रहेको महासचिव निलेन्द्रराज श्रेष्ठले बताए । “यो विवाद चाँडै समाधान गर्छौं” उनले भने–“नेपाली ह्याण्डबल खेलको साखलाई जोगाउन ओलम्पिक कमिटिले भूमिका खेल्नेछ ।”

बैशाख २३ गते बोलाइएको अधिवेशन स्थगित भए संगै तदर्थ समितिका अध्यक्ष मल्लले ह्याण्डबलाई जोगाउन आफ्नो पहल हुने बताए ।

सातै प्रदेशमा सक्रिय रहेको नेपाल ह्याण्डबल संघको अधिवेशनमा सबै प्रदेशबाट प्रतिनिधि उपस्थित नभए सम्म अधिवेशन भएमा संघमा अवरोध आउने निस्चित देखिएको छ । हाल सम्म तदर्थ समितिले कोशी, मधेश, लुम्विनी र सुदुर पश्चिम प्रदेश गठन भएको जनाएको छ । तर गण्डकी, बागमती र कर्णाली प्रदेशमा समिति गठन हुन सकेको छैन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close