
पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटीले वर्ल्ड जुनियर क्याडेट फेन्सिङ च्याम्पियनसपमा सहभागी हुने खेलाडीलाई बिदाई गरेको छ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ खेलाडी सोफिया चन्दलाई बिदाई गरेका हुन् । सोफियाले बुल्गेरियामा हुने वर्ल्ड जुनियर क्याडेट फेन्सिङ च्याम्पियनसपमा सहभागीता जनाउने छिन् । सो अवसरमा अध्यक्ष श्रेष्ठले सफलताको कामना गरे ।
कार्यक्रममा कमिटीका उपाध्यक्ष तथा नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिलकुमार श्रेष्ठ, महासचिव सुजनलाल श्रेष्ठ र अन्य पदाधिकारीको पनि उपस्थिति थियो ।
सोफियाले साबर इभेन्टको जुनियरतर्फ प्रतिस्पर्धा गर्ने भएको महासचिव श्रेष्ठले जानकारी दिए ।
