लुम्बिनीमा अन्तर्राष्ट्रिय पिस म्याराथन हुने

पोखरा स्पोर्टस । ‘इन्टरनेसन डे अफ स्पोर्टस फर डेभलेपमेन्ट एन्ड पिस २०२३’ अन्तर्गत यस वर्ष अन्तर्राष्ट्रिय लुम्बिनी पिस म्याराथन हुने भएको छ । लुम्बिनीमा कार्यक्रमको आयोजनाका लागि बुधबार नेपाल ओलम्पिक कमिटी तथा लुम्बिनी प्रदेश खेलकुद परिषदबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ तथा प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले हस्ताक्षर गरे । सम्झौता अनुसार गौत्तम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्येक वर्ष अप्रिल ६ मा अन्तर्राष्ट्रिय पिस म्याराथनको आयोजना गरिनेछ । भविष्यमा यसमा थप अन्य दौड पनि समावेस गरिनेछ ।

कार्यक्रमको सञ्चालनका लागि प्रदेश खेलकुद परिषदले २० लाख रुपैंया उपलब्ध गराउनेछ । अन्तर्राष्ट्रियस्तरको ख्याति प्राप्त म्याराथन आयोजनाका लागि दुवै पक्षले प्रायोजकका लागि पनि थप प्रयास गर्ने भएका छन् । कार्यक्रमलाई लिएर आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले म्याराथनको आयोजनाले खेलकुद मार्फत लुम्बिनीको प्रवर्द्धन तथा प्रचार प्रसारमा अझ सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सन् २०१३ मा संयुक्त राष्ट्र संघको घोषणा अनुसार प्रत्येक वर्ष जुलाई ६ मा विश्वभरी इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलेपमेन्ट एन्ड पिसको आयोजना हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close