ह्विलचियर क्रिकेट : नेपाल सेमिफाइनलमा पराजित

पोखरा स्पोर्टस । नेपाल पुरुष टोली ह्विलचेयर क्रिकेट प्रतियोगितामा सोमबार पराजित भएको छ ।

नेपाल भारतसंग ४ विकेटले पराजित भएको टोली व्यवस्थापक कुमार पौडेलले जनाएका हुन् ।

भारतको गुजरातमा मार्च २३ तारिखदेखि भइरहेको प्रतियोगिताको निर्धारित १५ ओभरको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट क्षतिमा ९४ रनको योगफल खडा गरेको थियो । जवाफमा भारतले १३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य भेटायो ।

हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण बुढा मगर र राजु कट्वाल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close