विश्व मुआथाईमा सञ्जयलाई रजत

पोखरा स्पोर्टस । नेपालका सञ्जय राईले १८ औं विश्व मुआथाइ च्याम्पियनसिपमा रजत पदक जितेका छन् ।

सञ्जयले पुरुष ५४ केजीमा रजत जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका हुन् ।

थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको फाइनलमा सञ्जय ब्राजिलका खेलाडीसंग पराजित भएपछि रजतमा सीमित भएका हुन् ।

त्यसअघि नेपालले ३ कांस्य पदक सुरक्षित गरिसकेको थियो । पुरुष ५७ केजीमा गुणराज रुचाल तथा ७१ केजीमा नवराज पराजुलीले कांस्य जितेका थिए । महिला ४८ केजीमा डेनिका राईले नेपाललाई कांस्य दिलाएकी थिइन् ।

नेपाली टोली सोमबार स्वदेश फर्किदै छ । यसअघि विश्व च्याम्पियनसिपको फरक संस्करणमा नेपालले हालसम्म १ स्वर्ण, १ रजत र ७ कांस्य पदक जितेको नेपाल राष्ट्रिय मुआथाइ संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close